आज :

महाअभियोगको सुनुवाइमा उपस्थित ट्रम्पको घोषणा, दोस्रो चरणमा जाने न्यायिक समितिले चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्धको महाअभियोगको सामना गर्न उपस्थित नहुने भएका छन् । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उनका वकिलले संसदको तल्लो सदनले जारी राखेको सार्वजनिक सुनुवाइमा उपस्थित नहुने स्पष्ट पारेका छन् ।

ट्रम्पका वकिलहरुले महाअभियोगका लागि भइरहेको सार्वजनिक सुनुवाइ एकपक्षिय भएको भन्दै ह्वाइट हाउसले उपस्थित नहुने बताएका हुन् । तर, महाअभियोका लागि छानविन गरिरहेको न्यायिक समितिले ट्रम्प र उनका वकिल उपस्थित नभए दोस्रो चरणको प्रक्रियामा जाने चेतावनी दिइसकेको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ट्रम्प उपस्थित नभए महाअभियोगको टुंगो लगाउन महतदान गर्न सकिने अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पविरुद्ध राजनीतिक लाभका लागि युक्रेकनलाई आफ्ना प्रतिष्पर्धी जो विडेन र उनका छोरामाथी छानविन गर्न दवाव दिएको आरोप लागेको छ ।

विडेनमाथि छानविन नगरे युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने ट्रम्पले चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो । तर उक्त आरोपको ट्रम्पले खण्डन गर्दै आएका छन् । अमेरिकामा राजनीतिक लाभका लागि विदेशी सहायता लिनु गैरकानुनी मानिन्छ ।

ट्रम्पले आफूमाथि लागेको आरोपको सार्वजनिक रुपमा सामना गर्न नसक्नुमा कमजोर भएको पुष्टी भएको विपक्षीहरुको दाबी छ । त्यसको लागि दोस्रो चरणमा समेत जाने चेतावनीले ट्रम्प पक्षधरलाई हैरानी भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal