आज :

तस्करको नयाँ शैली : सिट काटेर ट्यांकी, ट्यांकीमा चरेश

मकवानपुर । प्रहरीले चरेससहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले त्रिभुवन राजपथको हेटौँडा-पालुङ खण्डमा प्रहरीले बा २५ प ८७८३ नम्बरको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीलाई छक्याउने तरिकाले पेट्रोल भर्ने ट्यांकीको तल्लो भाग काटेर फल्स बनाई चरेस भर्ने र पछिल्लो भागमा मान्छे बस्ने सिट मुनी नयाँ ढङ्गबाट तेल भर्ने ट्यांकी बनाएर वीरगञ्ज लैजादै गरेको चरेशसहित भारत मोतिहारी सिसुवा २ बस्ने २५ वर्षिय राजेश यादब र मोटरसाईकलको पछाडि सवार भारत मोग्लेसपुरका १८ वर्षिय ऋषिकुमार यादबलाई पक्राउ गरिएको छ ।

कारोबारीले नयाँ शैली अपनाउने क्रम चलिरहेको र मकवानपुर र धादिङको विभिन्न क्षेत्रमा उत्पादन गरिने लागूऔषध मकवानपुर आसपास हुँदै भारतसम्म पुयाउने गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal