आज :

सागमा नेपालको ९ स्वर्ण पदक (विजेताको नामसहित)

काठमाडौं । नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा अहिलेसम्म नेपालले ९ वटा स्वर्ण जितेको छ ।

सोमबार नेपालले तेक्वान्दो र कराते खेलमा सानदार प्रदर्शन गरेको छ । नेपालका लागि भर्खर करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् ।

उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १-० ले हराए । यससँगै करातेमा नेपाल ४ स्वर्ण पदक जितेको छ । सोमबार नै नेपाले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ ।

एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो ।

नेपालका स्वर्ण पदक विजेताहरु

१.कराते (एकल काता) मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, महिला)
३.कराते (टिम काता, पुरुष)
४.कराते (५५ केजी)  लक्ष्मण तामाङ
५.तेक्वान्दो पुम्से (२३-२९ वर्ष ) कमल श्रेष्ठ
६.तेक्वान्दो पुम्से ( १७ -२३ वर्ष ) सिना मादेन लिम्बु
७.तेक्वान्दो पुम्से (२३ -२९ वर्ष ) पार्वती गुरुङ
८.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) आयशा शाक्य
९.ट्रायथलोन सोनी गुरुङ

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal