आज :

नेपाली क्रिकेटर अन्जलीले राखिन् विश्व रेकर्ड

काठमाडौं । अन्जली चन्दले क्रिकेटमा विश्वकिर्तिमान कायम गरेकी छिन् ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेट अन्तर्गत पोखरा रंगशालामा भएको माल्दिभ्स विरुद्धको खेलमा उनले कुनै पनि रन नदिई ६ विकेट हात पारेकी छिन् ।

६ विकेट लिने क्रममा उनले ह्याट्रिक समेत गरिन् । विश्व क्रिकेटमा अहिलेसम्म कुनै पनि क्रिकेटरले रन नखर्चिकन ६ विकेट हात पार्न सकेका थिएनन् ।

सातौँ ओभरमा बलिङ गर्न आएकी उनले मेडन राख्दै ३ विकेट हात पारिन् । लगत्तै नवौं ओभरमा उनले कुनै पनि रन खर्च नगरि थप २ विकेट हात पारिन् । एघारौं ओभरमा उनले थप एक विकेट लिइन् । साथै ह्याट्रिक समेत पूरा गरिन् ।

टस जितेर पहिले ब्याट्रिङ गरेको माल्दिभ्सले १०.१ ओभरमा १६ रन बनाएको थियो । जवाफ ब्याटिङ गरेको नेपालले ०.५ ओभरमै लक्ष्य भेट्टायो ।

नेपालका लागि करुणा श्रेष्ठले १३ रन बनाइन् । नेपाललाई थप ४ रन एक्ट्रा प्राप्त भएको छ । दक्षिण नेपालले आगामी डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal