काठमाडौं । महिलाविरुद्व हिंसा अन्त्य गर्न महिलासँग सम्बन्धित संघ-संस्थाले माग गरेका छन् ।
आज ललितपुरमा महिलाविरुद्धको हिंसा र वेइजिङ घोषणापत्र तथा कार्यान्वयनका सम्बन्धमा भएको कार्यक्रममा महिला हिंसाका घटना बढ्दै जानु चुनौतीको रुपमा रहेको औंल्याएका छन् ।
गरीबी र असमानता हटाउन महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै लैंगिक समानताको लागि अग्रसर हुनुपर्ने र आर्थिक स्रोत साधानमा महिलाहरुको पहुँच सुनिश्चित नगरेसम्म महिलाहरुको विकासमा मद्दत नपुग्ने कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
महिलाकर्मी बन्दना राणालगायतले महिलामाथि हुने हिंसा न्यूनिकरणको लागि जनचेतना आवश्यक रहेको बताए ।