आज :

धरान उपमहानगरको मेयरमा काँग्रेस तिलक राई विजयी

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।

सोमबार सकिएको मतगणनाको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ सय मतले पछि पार्दै तिलक विजयी बनेका हुन् ।

काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाएका छन् । आधिकारीक घोषणा हुन भने बाँकी छ । ‘नेकपालाई धरानको किल्ला बर्लिनको पर्खालझैँ ढलेको पत्तै भएन’
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित तारा सुब्बाको निधन भएपछि धरानमा मंसिर १४ गते उपनिर्वाचन भएको हो ।

यसअघि, धरान उपमहानगरपालिकामा २० हजार ९७५ मत ल्याएर एमालेले चुनाव जितेको थियो । स्थानीय तहको निर्वाचनमा काँग्रेस उम्मेदवारले १६ हजार १०२ मत ल्याउँदा माओवादी उम्मेदवारले ११ हजार १८० मत ल्याएका थिए ।

एकीकरणपछि नेकपाको मत ३२ हजार १५५ हुनुपर्ने हो । तर, मतपरिणाम विपरित देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal