आज :

२ जनामा स्क्रब टाईफसको विरामी

कञ्चनपुर । स्क्रब टाईफसको संक्रमण देखिएको कञ्चनपुरमा २ जना बिरामी भेटिएका छन् ।

महाकाली अस्पतालमा उपचार गराउन पुगेका २ जना बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

भिमदत्त नगरपालिकाका ९ र १८ का २ जना बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको महाकाली अस्पतालका मेडिकल रेकर्डर नारदप्रसाद भट्टले बताए ।

उनका अनुसार गत वर्ष एक जना बिरामीमा स्क्रब टाईफसको संक्रमण देखिएको थियो । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलालीमा स्क्रब टाईफसका बिरामी बढी भेटिए पनि कञ्चनपुरमा भने यस वर्ष पहिलो पटक देखिएको अस्पतालले जनाएको छ ।

मुसा जातिमा पाइने सुल्सुले किर्नाको टोकाइबाट स्क्रब टाइपसको संक्रमण हुन्छ । यसको संक्रमण भएका बिरामीमा किर्नाले टोकेको ठाउँमा घाउ तथा शरीरमा बिमिरा देखिने, अत्यधिक ज्वरो आउनुका साथै शरीरका विभिन्न भाग दुख्ने गर्दछ ।

समयमै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal