आज :

कालापानी-लिपुलेक अतिक्रमणविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन, अध्यक्ष केसी गिरफ्तार

दाङ । नेपालीभूमी कालापानी-लिपुलेक क्षेत्रमाथि भारतीय अतिक्रमणको विरोधमा अखिल क्रान्तिकारीले गरेको विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी दाङले विहीबार गरेको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

विद्यार्थीहरु स्कूल-कलेज ड्रेसमै ‘कालापानी-लिपुलेक हाम्रो हो, भारतीय नक्सा खारेज गर, कालापानीबाट भारतीय सेना फिर्ता गर’ सडकमा उत्रिएका थिए । विरोध प्रदर्शनको नेतृत्व गरिरहेका अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष अनिल केसीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपालीभूमी अतिक्रमणको विरोध गर्दा गिरफ्तार गरेको भन्दै विद्यार्थीहरुले सरकार र प्रहरीका विरुद्धमा समेत नारा लगाएका थिए ।

नेपालीभूमी कालापानी-लिपुलेक क्षेत्रलाई समेटेर भारतले आफ्नो राजनीतिक नक्सामा सार्वजनिक गरेसँगै अखिल क्रान्‍तिकारी सडकमा उत्रेको छ ।

  • फोटोः जित क्षेत्र

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal