आज :

होसियार ! मेडिसिटी हस्पतालका डाक्टरले बलात्कार गलान्

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालका डाक्टर उपचारको लागि गएकी बिरामीलाई बलात्कारको प्रयास तथा यौन दुव्र्यवहार गरेका छन् । उपचारको लागि भनेर अस्तालको इमरजेन्सीमा भर्ना भएकी एक युवतीमाथि बलात्कार प्रयास भएको हो ।

ललितपुरको नख्खुस्थित अस्पतालका डा. रोहितकुमार झाले बिरामी युवतीमाथि बलात्कारको प्रयास गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरीले झालाई सोमबार साँझ अस्पतालबाटै पक्राउ गरेको हो ।

उपचारको लागि इमरजेन्सीमा पुगेकी युवतीलाई डा. झाले वार्डसँगैको कोठामा लगेर बलात्कारको प्रयास गरेका थिए । तर, युवतीले प्रतिवाद गरेकी थिइन् ।
डा.झाले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै पीडित युवतीले किटानी जाहेरी दिएकी थिइन् । सोही उजुरीकै आधारमा प्रहरीले झालाई अस्पतालबाटै पक्राउ गरेको थियो ।

आज म्याद थप गरेर थप अनुसन्धान गरिने झामाथि थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal