आज :

अखिल क्रान्तिकारीको आह्‍वानमा हजारौं विद्यार्थीहरु ‘गो ब्याक इन्डिया’ भन्दै सडकमा (फोटोफिचर)

बुटवल । अखिल क्रान्तिकारीले भारतले नेपालीभूमी कालापानी–लिपुलेक क्षेत्रलाई आफ्नो राजनीतिक नक्साको समेटेको विरोधमा यहाँ विशाल विरोध प्रदर्शन गरेका छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले आइतबार बुटवलमा विशाल प्रदर्शन गरेको हो ।

अखिल क्रान्तिकारीको लुम्बीनी क्षेत्रीय समन्वय समितिको आह्वानमा विद्यार्थीहरु स्कुल र कलेजका ड्रेससहित सडकमा निस्केका थिए । प्रहरीले विरोध प्रदर्शनलाई रोक्न खोजेको थियो । तर, हजारौं विद्यार्थीको र्यालीले प्रहरी अबरोध किनारा लगाउँदै अगाडि बढेको थियो ।

विद्यार्थीले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो’, ‘भारतीय सेना नेपाल छोड’ लगायतका नारा लगाउँदै विद्यार्थीले बिरोध जुलुस निकालेका थिए ।
बुटवलको कालिका कलेज,लुम्बिनी वाणिज्य क्याम्पस,सिद्धार्थ क्याम्पस, लगायतका ठूला कलेजका हजारौं विद्यार्थीहरु सडकमा निस्केका थिए । उनीहरुले योगीकुटी, कालिकानगर,देवीनगर,मिलनचोक,नयाँ बसपार्क,गोलपार्कबाट एकैसाथ निकालिएको र्याली निकालिएको थियो ।

विरोध र्याली पुष्पलाल पार्क र मिलनचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal