आज :

रिहा भएका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारीद्वारा सम्मान

काठमाडौँ । अखिल क्रान्तिकारीले सीमा अतिक्रमणविरुद्ध प्रदर्शनको क्रममा गिरफ्तार पछी रिहा भएका कविद्यार्थीहरुलाई सम्मान गरेको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएपछि विहीबार क्रान्तिकारीले क्रार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको आह्वानमा भारतीय अतिक्रमणविरुद्ध कात्तिक २४ गते काठमाडौँमा विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । भारतले नेपालीभूमी कालापानी–लिपुलेकको क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा पारेपछि अखिल क्रान्तिकारी विरोध प्रदर्शनमा उत्रेको थियो ।

अखिल क्रान्तिकारीको मध्यकमाण्डको आयोजनामा गरिएको विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी दुईदर्जन विद्यार्थीलाई गिरफ्तार गरेको थियो । प्रहरीले गैरन्यायीक रुपमा गिरफ्तार गरेर विद्यार्थीलाई बन्दी बनाएको भन्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बुधबार विद्यार्थीलाई रिहा गर्न आदेश दिएको थियो । रिहा भएका १९ जना विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी काठमाडौँ र क्याम्पस जिल्लाले फरक फरक सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकले सीमा अतिक्रमणको विरोध गर्दा गिरफ्तार गरिनु आपत्तिजनक भएको भन्दै रिहा भएका विद्यार्थीहरुलाई बधाई दिएका थिए ।

“भारतले सीमा अतिक्रमणको विरोध गर्दा सरकारले तपाईँहरुलाई झन धन्यवाद दिनुपथ्र्यो तर गिरफ्तार गर्यो, यो आपत्तिजनक छ । हामीलाई हाम्रो माटोको माया छ । त्यसैले संगठगन विरोधमा उत्रेको छ” बिकले भने । उनले गिरफ्तार हुन तयार भएर सीमा अतिक्रमणविरुद्ध सडकमा उत्रेकोमा धन्यवाद दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal