आज :

आजदेखि मतदाता शिक्षा कार्यक्रम शुरु

काठमाडौं । आउँदो १४ गते हुने उपचुनावका लागि बिहिवारदेखि सर्लाहीसहित देशभर मतदाता शिक्षा कार्यक्रम शुरु भएको छ ।

उपचुनाव हुने ठाउँका हरेक वडामा दुई जनाका दरले मतदाता शिक्षा कार्यकर्ता खटाइएको र उनीहरु आजदेखि मतदाता शिक्षा सम्वन्धी सामाग्रीसहित मतदाताको घरदैलोमै पुग्ने निर्वाचन आयोगले जनाएको छ ।

सर्लाहीमा उपचुनाव हुन लागेको हरिपूर्वा नगरपालिका-१, मा पनि २ जना मतदाता शिक्षा कार्यकर्ता खटिएका छन् । उनीहरुले मतदान केन्द्र, मतदान गर्ने तरिका, मत सदर र बदर हुने अवस्था लगायतबारे जानकारी दिने छन् ।

जिल्ला निर्वाचन कार्यालय मलङ्गवाका निमित्त प्रमुख रुद्रबहादुर सुस्लिङले दिएको जानकारी अनुसार बिहिवारदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ ।

उपचुनाव आउन ९ दिन मात्रै बाँकी रहेकाले हरिपूर्वा नगरपालिका-१, स्थित वडा कार्यालयमै रहेको २ मतदान केन्द्रमा सुरक्षा सतर्कता बढाइएको छ । मुुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार निर्वाचन आयोगको कार्यतालिका अनुसार उपचुनावको तयारी भएको छ ।

हरिपूर्वा नगरपालिका-१, को वडाध्यक्षका लागि २ स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी परेको छ । ती सबै उम्मेदवार अहिले आ-आफ्नो पक्षमा मत माग्दै घरदैलोमा ब्यस्त रहेका छन् । हरिपूर्वा-१, मा १ हजार ३५६ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal