News Portal

  • ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    २१६ पटक

    खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिका-१ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    दुर्घटनामा परी भोटखोला गाउँपालिका-५ का २२ वर्षिय ट्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेको र घटनास्थलमै चालक तामाङको मृत्यु भएको हो । शव परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्