आज :

काठमाडौंमा (नेल्टा) को सम्मेलन सुरु

काठमाडौं । अंग्रेजी भाषा शिक्षकको अन्तराष्ट्रिय संघ (टिसोल) र नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को संयुक्त सम्मेलन सुरु भएको छ ।

सम्मेलनमा विभिन्न २६ देशका १७२ जना र नेपालका १ हजार अंग्रेजी भाषा शिक्षकको सहभागी रहेको छ । सम्मेलनको उदघाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को पूर्वसन्ध्यामा विभिन्न मुलुकका प्रतिनिधि शिक्षकको भेला हुनु प्रशंसनीय रहेको बताए ।

साथै, नेपालमा बोलिने भाषाहरुको जगेर्ना गर्दै अन्तराष्ट्रिय भाषा अंग्रेजीको शिक्षण सहज तुल्याउन आवश्यक रहेको उल्लेख गरे । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले अंग्रेजीलाई माध्यम भाषा बनाउँदा सही सिकाई हुन नसकेको बताए ।

‘पूर्वीय दर्शलाई भुलेर अघि बढ्दा र पूर्वजले सिर्जना गरेका सामाजिक वैभवलाई जोगाउनेतर्फ नसोच्नु भुल हुनेछ,’ अंग्रेजी सिक्नकै लागि सबै कुरा बिर्सेर समर्पित हुन उचित नरहेको भन्दै अवस्थीले भने, ‘पूर्वीय सोंच पञ्चतत्वका आधारमा हुन्छ । अंग्रेजी सिक्नु छ भने अरु भुल्नुपर्छ भन्ने भ्रम छ । अंग्रेजीको पछि दगुर्नुभदा पनि अंग्रेजी हाम्रो पछि दगुरोस् ।’

‘नेपाल भ्रमण वर्षलाई लक्षित गरेर सम्मेलनको आयोजना गरेका हौं,’ नेल्टाकी अध्यक्ष मोतीकला सुब्बा देवानले भनिन्,‘सम्मेलनमा विश्व परिवेशमा अंग्रेजी भाषा शिक्षक सिकाईका विविध पक्षहरूबारे छलफल, बहस गरी नेपालको भाषा शिक्षण पद्धतिलाई गुणस्तरीय तुल्याउने मुख्य उद्देश्य राखेका छौं ।’ ४ दिने सम्मेलनमा अमेरिका, बेलायत, जापान, सिंगापुर, मलेसियालगायत मुलुकका प्रतिनिधि सहभागी छन् ।

त्यसैगरी नेल्टाको ७ प्रदेश र ५५ जिल्लाका प्रतिनिधि सहभागी रहेको महासचिव ईश्वरीबहादुर अधिकारीले जनाए । २७ वर्षअघि स्थापित नेल्टाले नेपालको विद्यालय तहदेखि विश्वविद्यालयमा कार्यरत अंग्रेजी विषय शिक्षकलाई विषयगत तालिम, प्रशिक्षण तथा सशक्तिकरणको पक्षमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal