आज :

राजपा संयोजकमा महतो चयन

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको अध्यक्षतामा बुधबार बसेको बैठकले बिहीबारदेखि महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

गतवर्ष मंसिरमा पनि महतो दुई महिनाका लागि संयोजक चयन भएका थिए । त्यसअघि २-२ महिनामा संयोजक परिवर्तन हुने व्यवस्था भएपनि महन्थ ठाकुरले झन्डै २० महिनासम्म एकल संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

गत वर्ष मंसिरदेखि भने २-२ महिनामा राजपाको संयोजक परिवर्तन हुँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal