आज :

नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति, भुषाललाई कृषि तथा पशुपक्षी विकास र गुरूङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि रघुवीर महासेठले भौतिक पूर्वाधार तथा यातायात, गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, लालबाबु पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन, मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति, चक्रपाणी खनालले कृषि तथा पशुपक्षी विकास र थममाया थापाले महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्बेवारी सम्हाल्दै आएका थिए ।

सपथ ग्रहण लगत्तै नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal