आज :

प्रदेश ५ को राजधानीबारे प्रचण्डको जवाफ

भैरहवा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकलाई सहजता र सुविधाको आधारमा प्रदेश ५ को राजधानी तोकिने बताएका छन् ।

लुम्बिनी पर्यटन प्रवर्दन, औद्योगिक व्यापार तथा कृषि महोत्सवको उदघाटन गर्दै उनले यस्तो बताए । ‘जहाँ गएपनि जिल्लागत रुपमा नागरिकहरुको भावना फरक पाइएको छ, त्यसैले सबै भन्दाबढी सुविधा र सहजता जहाँ हुन्छ त्यही राजधानी तोकिनेछ’, कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

पूर्वाधार विकास भइसकेको स्थानमा राजधानी राख्न आवश्यक नरहेकोसमेत बताए । ‘पूर्वाधार विकास भइसकेको स्थानमा राजधानी राख्न जरुरी छैन, नयाँ ठाउँमा राख्न सकिन्छ’, आफ्नो भनाई गलत ढंगले नबुझिदिन आग्रह गर्दै भने,‘छलफल भएर सबैले सहज हुने गरी राजधानी तोकिन्छ ।’

भैरहवा अवसर प्राप्त स्थान रहेको भन्दै उनले त्यहाँ भइरहेको पूर्वाधार विकासले आगामी दिनमा अन्य स्थानलाई उछिन्नेसमेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal