आज :

मन्त्रिपरिषद हेरफेरका लागि आन्तरिक गृहकार्य हुँदै

काठमाडौं । मन्त्री हेरफेरको आन्तरिक गृहकार्यमा ओली-प्रचण्ड लागेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरका लागि आन्तरिक गृहकार्य गरिरहेका हुन् ।

उानीहरुले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री हेरफेरबारे छलफल गरेका हुन् । दुई अध्यक्षबीचको छलफल कुन कुन मन्त्री हटाएर रिक्त स्थानमा कसलाई ल्याउने विषयमा केन्द्रित रहेको निकटस्थ स्रोतले जनाएको छ ।

व्यक्तिको नाम तय हुने बित्तिकै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी रहेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई सैद्धान्तिक सहमति दिएको थियो ।

यसैबीच, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि मन्त्रिपरिषद पुनर्गठन, समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा केन्द्रित रहेर सोमबार लामो छलफल भएको हो ।

खुमलटारमा बिहान नेपालसँग छलफल गरेपछि साँझ प्रचण्ड बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले पनि मन्त्रिपरिषद पुनर्गठनमा केन्द्रित रहेर महासचिव विष्णु पौडेललगायतसँग पनि परामर्श गरेर गृहकार्य गरिरहेका छन् ।

नयाँ नियुक्त गरिने मन्त्रीहरूको नाम टुंगिएमा मंगलबारै शपथ गराउने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal