आज :

आज अन्तर्राष्ट्रिय पुरुष दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय पुरुष दिवस हरेक वर्ष नोभेम्बर १९ तारिखमा मनाइन्छ ।

विशेष गरी पुरुषलाई असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले आजको समयमा भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्यसहित यो दिन मनाइन्छ ।

पुरुषहरुको खराब मानसिक स्वास्थ्य र उनीहरुले किन आत्महत्याको बाटो रोज्छन् भन्ने कुरामा पनि यस दिन विशेष छलफल गरिन्छ ।

हुन त विगत ३० वर्षमा यूकेमा पुरुषद्वारा गरिने आत्महत्याको दर घट्दो छ तरपनि ४५ वर्ष मुनीका पुरुषहरुले आत्महत्या गरेरै आफ्नो ज्यान गुमाउने गरेको क्याम्पेन अगेन्स्ट लिभिङ मिजरेब्लीले बताएको छ ।

अन्तर्राष्ट्रिय पुरुष दिवस विशेष गरी पुरुषको स्वास्थ्य र लैङ्गिक समानतालाई प्रोत्साहन दिने मनाइने गरिन्छ । यो दिवस ८० बढी देशमा मनाइन्छ । यसलाई युनेस्कोले पनि समर्थन गरेको छ । गत वर्ष नेपालमा पनि अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको थियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal