आज :

कश्मीरमा हिम पहिरोः चार सैनिकसहित ६ जनाको मृत्यु, के गोर्खा सैनिक परेका हुन् ?

काठमाडौँ । भारत र पाकिस्तानको सीमा क्षेत्र कश्मीरको सियाचिन ग्लेशियरमा हिम पहिरोमा परी ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चार सैनिक र दुईजना भरिया रहेको बताइएको छ ।

संसारकै उचाईमा रहेको युद्ध मैदानको रुपमा परिचित उक्त क्षेत्रमा गस्तीमा गएको भारतीय सैनिकको टोली हिम पहिरोमा परेको थियो । भारतीय संचारमाध्यमहरुको अनुसार आठजनाको टोली करिब ५८०० मिटरको उचाइमा गस्ती गर्दै थिए । त्यही बेला हिम पहिरो आएको थियो ।

हिम पहिरोमा परेको सूचना पाएसँगै सो क्षेत्रमा खटिएको सेनाले खोजिकार्य गरेको थियो । उनीहरु त्यतिबेलासम्म अत्यधिक चिसोले कठाङ्ग्रिएर मृत्यु भइसकेको थियो ।

सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुबैका सेनाले गस्ती गर्छन् । उक्त क्षेत्रमा समयदेखि तनावपूर्ण अवस्थामा छ ।

सन् १९८४ मा भारतले ग्लेशियरमा नियन्त्रण जमाएको थियो । त्यसबेलादेखि लडाइँबाट भन्दा हिमपहिरोमा परेर बढी सैनिकको ज्यान गएको छ ।
सन् २०१६ को फेब्रअरी महिनामा पनि त्यही क्षेत्रमा रहेको सैन्य आधारमा हिमपहिरो जाँदा भारतीय सेनाका १० जनाको मृत्यु भएको थियो ।

हिमपहिरो र भूस्खलन जाडो याममा त्यहाँ सामान्य जस्तै मानिन्छ । त्यहाँको तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्दछ ।

हिम पहिरोमा परी मृत्यु हुनेहरुको परिचय खुलाइएको छैन । सो क्षेत्रमा नेपाली ‘गोर्खा’ सैनिक पनि कार्यरत छन् । त्यस्तै सहयोगी वा भरियाको रुपमा केही नेपालीहरु पनि त्यहाँ पुग्ने गरेका छन् । तर, यो नेपाली परे नपरेको भारतीय सेनाले केही बताएको छैन । भारतीय सेनाले परिचय गोप्य राखेकोले त्यहाँ कार्यरत गोर्खा सैनिकका परिवार सशंकित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal