आज :

नेविसंघको राजधानीमा मशाल जुलुस, २१ नेता गिरफ्तार 

काठमाडौँ । सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले मशाल जुलुस निकालेको छ । लिपुलेक-कालापनी, सन्दकपुरमा भारतले सीमा अतिक्रमण गरेको विरोधमा नेविसंघले मशाल जुलुस निकालेको हो ।

सोमबार साँझ काठमाडौंको बालाजुमा नेविसंघले मशाल जुलुससहित प्रदर्शन गरेको थियो। प्रहरीले प्रदर्शनमाथि हस्तक्षेप गर्दै निवसंघका २१ नेता-कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

प्रहरीले निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाहलगायतलाई गिरफ्तार गरेको नेविसंघले जनाएको छ ।

भारत र चीनले नेपालीभूमीमाथि अतिक्रमण गरेको भन्दै फिर्ताको लागि विरोध गर्दा सरकारले दमन गरेको भन्दै नेविसंघले जनाएको छ ।

  • फाइल फोटो

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal