आज :

सत्तारुढ (नेकपा)का युवा नेता भन्छन्-यो सरकारले लिपुलेक-कालापानीलाई फिर्ता गराउन सक्दैन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता प्रकाश रोकायले वर्तमान सरकारले सीमाको सुरक्षा गर्न नसक्ने बताएका छन् । उनले भारतले नेपालीभूमी आफ्नो नक्सामा हाल्दा समेत सरकारले सशक्त रुपमा आफ्ना कुरा राख्न नसकेको बताए ।

संवाद डबलीको कार्यक्रममा बोल्दै रोकायाले भातरले आफ्नो नक्सामा पारेको भूमी फिर्ता ल्याउने र सीमा रक्षा गर्न यो सरकारले सक्छ भन्नेमा प्रश्न खडा भएको बताए । उनले सम्पूर्ण राष्ट्रवादी नेपालीहरु एक भएर सरकारलाई दवाव दिनुपर्ने धारणा राखे ।

तत्कालिन मालेको तर्फबाट आफूहरु कालापानी गएको स्मरण गर्दै रोकायले राष्ट्रियताको रक्षाको लागि एक फेरि सबै एकजुट हुनुपर्ने बेला आएको बताए । अहिले सरकारले आयोजना गर्ने सर्वपक्षीय बैठक वा विज्ञप्ति औपचारिकता पूरा गर्ने गरी आएको भन्दै रोकायाले भने, “यो सरकारले सीमाको रक्षा गर्न सक्छ जस्तो मलाई लाग्दैन । सबै नाटक भइरहेका छन् । यी सबै औपचारिकता पूरा गर्ने कार्य हुन् ।”

भारतले अतिक्रमण गरेको नेपालीभूमी फिर्ता ल्याउन सबै युवाहरु एकजुट हुनुपर्ने रोकायले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal