आज :

पत्रकार अर्जुन बाेहरालाई एक लाख सहयाेग हस्तान्तरण

काठमाडौं । पत्रकार अर्जुन बाेहरालाई एक लाख सहयाेग प्राप्त भएकाे छ । मस्तिष्क घातबाट बिरामी नेपाल पत्रकार महासंघका हुम्लाका अध्यक्ष बाेहरालाई हुम्लाका व्यावसायीहरुले सहयोग गरेका हुन् ।

व्यवसायीहरुले‍ सामुहिक रुपमा जम्मा गरेको उक्त सहयोग रकम पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीमार्फत शनिवार हस्तान्तरण गरिएकाे हाे । पत्रकार महासंघ केन्द्रीय समितिले बाेहराकाे सहयाेगका लागि देशब्यापी अपील गरेको थियो ।

काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारपछि बोहोराको अहिले फिजियोथेरापी चलिरहेको छ । पत्रकार महासंघसहित संचार संस्था, विभिन्‍न व्यक्ति र संस्थाहरुले सहयोग गरिरहेका छन् । अहिलेसम्म बोहराको उपचारको लागि करिब १० लाख रकम सहयाेग जुटेकाे केन्द्रीय सदस्य जैसीले जानकारी दिए ।

पत्रकार बोहराका दाजु बिष्णु बाेहरालाई हस्तान्तर गरिएकाे साे रकम हुम्लाका कैलाश व्यापारसंघसहित २८ जना व्यापारीले उठाएका थिए । स्थानीय समाजसेवी कमल बाेहरा, उजिर बाेहरा, नरबहादुर लामा, टेकबहादुर लामाले सहयाेगका लागि लागिपरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष समेत रहेका जैसीले प्रेस काउन्सिलबाट प्राप्त हुने उपचार सहयाेगका लागि पनि पहल भईरहेकाे र केही दिनभित्रै बाेर्डकाे बैठक बसेर निर्णय हुने जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal