आज :

कीर्तिपुरस्थित त्रिवि मैदानमा क्रिकेट खेले सचिन

काठमाडौं । नेपाल आएका भारतका पूर्व क्रिकेटर सचिन तेन्दुल्करले कीर्तिपुरस्थित त्रिवि मैदानमा क्रिकेट खेलेका छन् ।

बालअधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट खेलमा सचिनको टिम निलोले नेपालका पूर्वकप्तान विनोद दासको टिम रातोलाई ९ विकेटले पराजित गरेको छ ।

युनिसेफका सद्भावनादूत सचिनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए । यसपछि ब्याटिङमा उत्रिएको विनोदका टिमले ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको थियो । सचिनले सुरुमा विकेटकिपिङ गरेका थिए भने पछि एक ओभर बलिङ गरेका थिए ।

संगै टिममा रहेका स्कुलका बालबालिकालाई बलिङ तथा ब्याटिङ गर्न प्रोत्साहन गरेका थिए । जवाफी ब्याटिङ गरेको सचिनको टिमले १ विकेटको क्षतिमा ६ ओभरमा लक्ष्य पूरा गरेको थियो । त्यसक्रममा सचिनले ब्याटिङ गरे ।

उनले ७ रन बनाएपछि मैदान छाडेर आफ्ना टिममा रहेका अन्य बालबालिकालाई खेल्ने मौका दिएका थिए । खेलपछि उनले आफूले खेलबाट मनोरञ्जन लिएको बताए । उनले बालबालिकाको अधिकारको विषयमा वाकालत गर्ने कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी लागेको बताए ।

साथै बालबालिकालाई काम लाग्न स्वतन्त्र छाडिदिनु पर्ने बताउँदै भने, ’बालबालिकालाई स्वतन्त्र छाडिदिनुस् । गल्ति गरेकोमा गाली नगर्नुस् । गल्ती सुधार गर्नका लागि प्रोत्सहान गर्नुस् ।’ उनी शुक्रबार राति नेपाल आइपुगेका थिए आजै फर्कने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal