आज :

बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीको मृत्यु

काठमाडौं । बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवान गोकुलबहादुर रोकायको मुत्यु भएको छ ।

शनिबार बिहान बा ९१ प १७६६ नं.को मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा महानगरीय प्रहरी प्रभाग बलम्भूमा कार्यरत बाजुराका रोकायको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा सिभिल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका-४, का प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भैरहेको छ ।

प्रदीप सशस्त्र प्रहरी बल राष्ट्रिय प्रतिष्ठान मातातीर्थमा तालिमरत रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal