आज :

हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

काठमाडौं । जंगली हात्तीको आक्रमणबाट चितवनमा २ जनाको मृत्यु भएको छ ।

माडी १ बरुवाका ६५ वर्षिय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षिय राजु पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बरुवाबाट बादरझुलातर्फ लु ३१ प २९११ नं.को मोटरसाइकलमा गैरहेका उनीहरुलाई बाटोमा शनिबार बिहान ९ः३० बजे जंगली हात्तीले आक्रमण गरेको थियो ।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको र घटनालगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीय घटनास्थलमा पुगेका थिए । चितवन राष्ट्रिय निकुन्जले घेरिएको माडीमा वन्यजन्तुको आक्रमणबाट पटक पटक ठूलो धनजनको क्षति भैरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal