आज :

आलमलाई नख्खु कारागार ल्याइयो

काठमाडौं । रौतहट इटाभट्टा हत्याकाण्डका मूख्य नाइके नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई काठमाडौंकोे नख्खु कारागार ल्याईएको छ ।

राजपुर बम विस्फोट प्रकरणका नाममा पनि चिनिने सो हत्याकाण्डमा दोषी पाईएपछि उनलाई शुक्रबार मात्रै जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै उनलाई केही घण्टासम्म जिल्ला कारागार रौतहटमै राखिए पनि सुरक्षाको कारण देखाउँदै शनिबार बिहान ४ बजे नै नख्खु कारागार ल्याईएको प्रहरीले जनाएको छ ।

थुनामा राख्न आदेश दिने रौतहट जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायधिवक्ता खडिन्द्र कटुवालले आफुमाथि आलम पक्षबाट सुरक्षा खतरा भएको भन्दै सरुवा माग गरेका छन् ।

उनलाई रौतहटमा राख्न उपयुक्त नहुने अदालतको आदेशमा उल्लेख थियो । अदालतले आलमलाई अन्य कारागारमा स्थानान्तरण गर्न सक्ने आदेशसमेत दिएको छ । उनकोे विपक्षमा फैसला आएपछि अहिले रौतहटको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आलमको विपक्षमा बयान दिएका सरकारी साक्षीहरुलाई पनि प्रहरीले सुरक्षा दिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal