आज :

मुख्यमन्त्री भट्टका स्वकीय सचिव कुँवर पक्राउ

सुखड । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय (शाखा अधिकृत स्तर) सचिव प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउँदा पूर्वपश्चिम राजमार्गमा गोरुगाडालाई ठक्कर दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले कुँवरले गौरीगंगा १० टीकाराम चौधरीको गोरुगडालाई ठक्कर दिंदा उनी घाईते भएको जनाएको छ ।

चौधरीको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । गोरुगाडामा सवार ३ जनाको अवस्था समान्य रहेको छ । स्वकीय सचिव कुँवरलाई चोट नलागे पनि उनले चलाएको से १ ब १२९७ नं.को मोटरसाईकल नचल्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal