News Portal

  • विमानस्थलमा हङकङकी नागरिक एक केजी सुनसहित पक्राउ

    २२३ पटक

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट अझै सुन तस्करी रोकिएन ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक किलोग्राम सुनसहित हङकङकी नागरिकलाई पक्राउ गरेको छ ।

    मंगलबार राति १०ः२० मिनेटमा हङकङबाट क्याथे ड्रागनको उडानबाट नेपाल आएकी हङकङकी ५५ वर्षिय ईवाहलाई विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो ।

    भन्सार एक्स्रेमा चेकजाँच गर्ने क्रममा हाते व्यागमा लुकाएर उक्त सुन ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्