आज :

अछामको आकाशमा लस्करै फाइटर विमान !

काठमाडौं । भारतले नेपालीभूमी मिचेर आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोधमा रहेको बेला अछामको आकाशमा जेट विमान उडाइएका छन् ।

मंगलबार साँझ अछामको आकाशमा लस्करै विमान उडिरहेको देखेपछि स्थानीय सशंकित भएका छन् । केही प्रत्यक्षदर्शीहरुले ३७ जेट विमानहरु लस्करै उडेको बताएका छन् ।

आकाशमा विमान लस्करै उडेको प्रहरीले पनि देखेका थिए । इकालका प्रहरी कार्यालय विनायका असई लक्ष्मण बिकले पनि आकाशमा साँझतिर रकेट जस्तै देखिने गरी लस्करै उडेको बताए । अनलाइन डबलीसँग कुरा गर्दै बिकले भने, ”हाम्रा केटाहरुले आकाशमा लस्करै रकेटजस्तै गरी उडेका देखेका थिए ।” उनले रकेटको जति गति नभएको बताए । आफूहरुले माथि जानकारी गराइरहेको भन्दै पछि कुरा गराैला भनेर फोन राखेका थिए ।

लिपुलेक-कालापानीमाथिको अतिक्रमणलाई लिएर अछाममा पनि विरोध प्रदर्शन भइरहेका छन् । आजमात्रै जिल्लाका विभिन्‍न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि जलाइएको थियो । त्यसैगरी नेकपा कार्यकर्ताहरुले भारतीय नक्सा पनि जलाइएको थियो ।

सीमा मिचिएको विषयमा विरोध भएकोले भारतले सुदूरपश्चिममा हवाई गस्ती गरेको अनुमान गरिएको छ । तर जिल्ला प्रशासन कार्यालयले भने यसबारे केही बताएको छैन । प्रत्यक्षदर्शीका अनुसार पूर्वअछामबाट देखिएका विमानहरु लस्करै पूर्वअछाम पुगेर उत्तर मोडेर फर्किएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal