आज :

महिला कर्मचारीमाथि हातपात गर्ने मोहन्याल गाउँपालिका वडा अध्यक्ष पक्राउ

कैलाली । महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

मोहन्याल गाउँपालिका वडा नं.५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका हुन् । पीडित महिलाको निवेदनका आधारमा उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार सोही वडा कार्यालयकी महिला कर्मचारीमाथि कुटपिट र दुरव्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनले ती महिला कर्मचारीलाई कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाको छ । महिलालाई पनि हामीले बोलाएका छौं । प्रहरीले भन्यो, त्यसपछि कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal