आज :

नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजान जापान तयार

काठमाडौं । जापानले नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजाने आन्तरिक गृहकार्य थालेको छ ।

यसअघि जापानले नर्सिङ क्षेत्रमा मात्रै छुट्टाएको थियो । नेपालका लागि जापनिज राजदूत मासामिची साइगोले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग छलफल गरेका छन् । ‘जापानले १४ वटा क्षेत्रमा विदेशी कामदार लैजाने नीति छ । कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजान सकिनेछ,’राजदूत साइगोले विष्टसमक्ष भने,‘कृषि क्षेत्रका लागि छुट्टै सीप परिक्षण र भाषा पनि चाहिनेछ ।’

मन्त्री विष्टले जापानको आवश्यता अनुसार भाषा परीक्षण र सीप परीक्षण गर्न सकिने बताए । जापानले पहिलो चरणमा नर्सिङ क्षेत्रको लागि भाषा परीक्षा भइरहेको राजदूतले जानकारी दिए ।

नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएपनि श्रम भिसामा नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढेको छ । पहिलो लटमा नर्सिङ क्षेत्रमा कामदार लैजान भाषा र सीप परीक्षण भइरहेको छ । यो दुवै परीक्षामा उत्तिर्ण हुने प्रशिक्षार्थीलाई रोजगारदाताले चयन गर्ने जापानले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal