आज :

आजदेखि पासपोर्टमा ई-स्टिकर लागू भयो

काठमाडौं । सरकारले आजदेखि श्रम स्वीकृति दिँदा ई-स्टिकर दिने भएको छ ।

श्रम विभागका महानिर्देशक भीष्म कुमार भुसालले आजैदेखि पासपोर्टमा टाँस्ने स्टिकरको सट्टा ई–स्टिकर दिने कार्य प्रारम्भ गर्ने जानकारी दिए ।

उनले भने, ‘श्रम स्वीकृतिका लागि आवेदन दिनेले आफ्नो मोवाइल नं.र इमेल ठेगाना सही भर्ने र पासवर्ड याद गर्नुपर्ने छ । अब हामी ई-स्टिकरतर्फ जादैछौ ।’

यसबाट दलालले नक्कली स्टिकर बनाइ भारतको बाटो सोझासाझा व्यक्तिलाई विदेश पुर्याउने, पासपोर्ट फोहोर हुने, १० वर्षअघि जनरल लेभलमा विदेश गएका तर अहिले म्यानेजर भएकाहरुले पनि जमानाको स्टिकर देखाएर हिँड्न पर्ने र स्टिकर छपाइमै सरकारको लाखौ रुपैयाँ खर्च हुने अवस्थाको अन्त्य हुने भनिएको छ ।

ई-स्टिकर शुरु भएपछि इमेलमा जहिले चाह्यो उहिले स्टिकर प्रिन्ट निकाल्न सक्ने र श्रम स्वीकृतिका लागि एक पटक पासपोर्ट देखाएपछि आफ्नो मोवाइलमा श्रम स्वीकृतिको स्टिकर आउने महानिर्देशन भुसालले बताए ।

आज ताहाचल श्रम स्वीकृति कार्यालयबाट शुरु हुने र एक हप्ताभित्र सबैतिर लागू हुने छ । डुब्लिकेट स्टिकरको प्रयोगलाई रोक्न इस्टिकरतर्फ जानु परेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal