आज :

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

काठमाडौं । काभ्रेको बनेपामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकलको पछाडी बस्ने एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक भने घाइते भएका छन् । भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा १० च २१५४ नं.को बोलेरो सोही दिशा तर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दिई सोही दिशा तर्फ आउँदै गरेको बा ३ ख ७०८७ न. को टिपरमा छिरी मोटरसाइकलमा सवार मध्ये पछाडि बस्ने भक्तपुर नगरपालिका-९ बस्ने २० वर्षिय बिमल कुटुजुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकल चालक भक्तपुर नगरपालिका–९ का २१ वर्षिय प्रेम बहादुर दाहाल घाइते भएका छन् । घाइतेलाई उपचारको लागी बनेपामा रहेको शीरमेमोरियल अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal