आज :

बाग्लुङमा दोस्रो गाउँपालिका राष्ट्रिय कराँते कप हुदै

बाग्लुङ । दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीतामा ८ टिमको सहभागिता रहने भएको छ ।

बडिगाड गाउँपालिकाको खार वजारमा मंसिर १ देखि ३ गते सम्म चल्ने प्रतियोगीतामा ७ वटै प्रदेशको टिम र आयोजक १ गरि ८ टिमको सहभागिता रहने छ । प्रतियोगितामा देशका २१० सय वढी खेलाडी, १६ जना प्रशिक्षक, अन्तर्राष्ट्रिय १८ र राष्ट्रिय ४२ गरि जम्मा ६० जना रेफ्रीको सहभागिता रहने कार्यक्रम संयोजक राजन पाइजाले बताए ।

स्थानीय पौंदी न्वागी मेलाकै अवसरमा बडिगाड डोजोको आयोजना र बडीगाड गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको कार्यक्रममा ३० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको लागि बडिगाड गाउँपालिकाले २२ लाख ५० लाख विनियोजन गरेको छ । सो प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्वितीयको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि ३० हजार ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने प्रत्येक सहभागी टिमलाई खान बस्नको व्यवस्थासहित १५ हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

मंसिर १ गते संघीय सांसद देवेन्द्र पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ । गत वर्ष विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो यस वर्ष विभागिय टोली तेह्रौ सागको छनौट प्रशिक्षणमा विदेशमा रहेकोले सहभागी हुन नसक्ने बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal