आज :

‘बुलबुल’ आँधीः भारत र बंगलादेशमा गरी ३० जनाको  मृत्यु, २० लाख घरबारविहीन

काठमाडौं । भारतको पश्‍चिम बंगालबाट आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण करिब २० लाख मानिसहरु घरबारविहीन भएका छन् ।

करिब १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे भारतको पश्चिम बङ्गालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ बढेको आँधीका भारत र बंगलादेशमा गरी ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । दर्जनौं व्यक्तिहरु घाइते भएका छन् ।

बुलबुलबाट भारतको पश्चिम बंगाल र बंगलादेशमा गरी ३० जनाको मृत्यु भएको बताइएको छ ।

बङ्गलादेशको दक्षिणी टापु भोलानजिकै रहेको मेघना नदीमा माछा मार्न गएका पाँचजना माझी हराइरहेका जिल्ला प्रशासक मसूद आलम सिद्दीकीले बताएका छन् । बुलबुलले माटो र जस्तापाताले बनाएका अधिकांश घरमा क्षति पुर्‍याएको अधिकारीहरुले बताएका छन् ।

बङ्गलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले आइतबार नै बङ्गलादेशको दक्षिणपश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal