News Portal

  • सामाजिक सञ्जाललाई मर्यादित बनाउन तालिम

    २२७ पटक

    विराटनगर । प्रदेशसभा सदस्यलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल एवं टुइटर प्रयोग गर्दा ध्यान दिनका लागि तालिम आयोजना गरिएको छ ।

    इनोभेटिभ भिजनद्वारा आयोजित तथा संसद सहयोग परियोजनाको सहयोगमा सञ्चालित दुई दिने सो तालिममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ ।

    प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने बताए ।

    समाजलाई अग्रगति दिन सबैले सकारात्मक सोच बनाउनुपर्छ भन्दै पत्रकारिता पनि आग्रह वा पूर्वाग्रहबाट चल्नु हुँदैन उनले भने ।

    प्रतिकृया दिनुहोस्