News Portal

  • ट्याक्टर दुर्घटनामा चालक चौधरीको मृत्यु

    १७९ पटक

    डोटी । डोटीको शिखर नगरपालिका १० खन्नेखोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    शनिबार बेलुका ७ बजे दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको से २ त २६५१ नं.को ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    घाइते ट्याक्टर चालक धनगढी उपा महानगरपालिका ४ उत्तरबेहडी कैलाली घर भएका ३२ वर्षिय अनिल चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढी कैलालीमा आइतबार बिहान मृत्यु भएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्