News Portal

  • शेयर बिक्रीको आरोप लागेका राज्यमन्त्री रावलले दिए राजीनामा

    ३७४ पटक

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।

    मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजीनामा बुझाएका हुन् । राजीनामा पत्र मुख्मन्त्रीलाई बुझाएको उनका स्वकीय सचिव रवीन्द्र सुनारले बताए ।

    उनले आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबीसमेत मुख्यमन्त्रीलाई बुझाएर फर्किएको उनको भनाइ छ । कञ्चनपुरको एक क्याम्पसको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा उनले राजीनामा दिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्