आज :

पूर्वराष्ट्रपति लुला रिहा हुने बाटो खुल्ला

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व राष्ट्रपति लुला डे सिल्भालाई जेलमुक्त गर्न बाटो खोलिदिएको छ ।

फौजदारी मुद्दामा पहिलो सुनुवाई हुँदा कुनै व्यक्ति हारेमा पनि त्यस्तो अभियोग प्रमाणित नहुँदासम्म जेल जानैपर्ने यस अघिको फैसला अदालतले उल्ट्याएको हो ।

नेता लुला तत्कालका लागि जेलमुक्त हुन सक्ने अड्कलबाजी गरिएको छ । लुलाका वकीलहरुले उनको तत्काल रिहाईका लागि पहल गरिने बताएका छन् ।

सर्वोच्चमा नयाँ आदेशको पक्ष-विपक्षमा न्यायाधीशहरु बाँडिएका थिए । मतविभाजनका आधारमा गरिएको निर्णयमा ३ वर्ष पहिलेको आदेशलाई उल्ट्याउने पक्षमा ६ र विपक्षमा ५ मत परेको थियो ।

कारवास नामको एक अनुसन्धानमा पूर्व राष्ट्रपति लुलाको संलग्नता रहेको र भ्रष्टाचार गरेको आरोप लगाइएको छ । अदालतको आदेश जे जस्तो भए पनि अभियोजन कर्ता सरकारी वकीलहरुले लुलाविरुद्धको भ्रष्टाचार छानबिनलाई निरन्तरता दिने बताएका छन् ।

आमजनताले पनि ब्राजिलमा मौलाएको भ्रष्टाचारका कारण दैनिक जीवन कष्टकर बनेको तथा राष्ट्रको प्रतिष्ठा रसातलमा पुगेको भन्दै आक्रोश पोख्दै आएका छन् । अदालतले यही प्रकृतिका मुद्दामा जेलजीवन व्यतित गरिरहेका ५ हजारभन्दा बढीको सुनुवाई गर्नु पर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal