आज :

उपनिर्वाचनः उम्मेदवारी दर्ताकै दिन निर्वाचन कार्यालय नजिकै बम विस्फोट

काठमाडाैँ । उपनिर्वाचनको लागि आज उम्मेदवारीहरुले उम्मेदवारी दर्ता गरेका छन् । कास्की क्षेत्र नं.२ को निर्वाचन सबैको चासो र चर्चा बनेको छ । तर उम्मेदवारी दर्ताकै दिन विहीबार जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै शक्तिशाली बम विस्फोट भएको छ । बिस्फोटसँगै वातावरण केही आतंकित भएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता सुरु भएकै बेला बिहान ११ बजे निर्वाचन कार्यालय परिसरबाट दुईसय मिटर नजिकमा बम विस्फोट भएको बताइएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँगै विभिन्न राजनीतिक पार्टीले उपनिर्वाचनलाई बहिस्कार गर्ने घोषणा गरेका छन् । तर, बम कसले विस्फोट गराएको भन्ने खुलेको छैन ।

यसैबीच कास्की क्षेत्र नम्बर दुईको लागि २५ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । (नेकपा)बाट विद्या भट्टराई अधिकारी, कांग्रेसका खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङलेलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस ((बिपी) बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा (माले)बाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गजेन्द्र संवो लिम्बु, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंहले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनेमा कमलजंग कुँवर, यज्ञप्रसाद पंगेनी, लक्ष्मीकुमारी भूजेल, सुनिल भुसाल, सुनिलबहादुर कोइराला, दीपक रेग्मी, उमनाथ गौतम, नवराज बास्तोला, पुरुषोत्तम खनाल र रनबहादुर दमै रहेका छन् ।

यसअघि सो क्षेत्रबाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रविन्द्रप्रसाद अधिकारीको गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

  • सांकेतिक तस्विर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal