आज :

शीर्ष क्लबहरु लिग नक आउट चरणमा प्रवेश

काठमाडौं । शीर्ष क्लबहरु बायर्न म्युनिख, युभेन्टस र पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा पुगेका छन् ।

गएराती भएका खेलहरुमा सहज जित निकाल्दै ३ टोलीले समुह चरणमा २ खेल बाँकी छँदै अन्तिम १६ चरणमा स्थान पक्का गरेका छन् । समुह ‘ए’ को खेलमा फ्रान्सको पिएसजीले बेल्जीयमको क्लब ब्रुजलाई १-० ले हराउँदा स्पेनको रियाल मड्रिडले टर्कीको गालातासारेलाई ६-० ले पाखा लगाएको हो ।

जितसँगै पिएसजीले ४ खेलबाट १२ अंक जोड्दै नक आउट चरणमा ठाउँ बनाउँदा दोस्रो स्थानको रियाल मड्रिडको ७ अंक छ । च्याम्पियन्स लिग समुह ‘बि’ को खेलमा जर्मनीको बायर्न म्युनिखले ग्रिसको ओलम्यिाकोसलाई २-० ले हराउँदा इंग्ल्याण्डको टोटनह्याम हट्सपरले सर्वियाको रेडस्टार बेलग्रेडलाई ४-० ले पाखा लगायो ।

यो समुहमा बायर्नले १२ अंक जोड्दा दोस्रो स्थानको टोटनह्यामको ७ अंक छ । समुह ‘सि’ को खेलमा इंग्लण्डको म्यान्चेस्टर सिटी र इटालीको एटलान्टाले १-१ गोलको बराबरी खेल्दा क्रोएसियाको डाइनामो जाग्रेबले युक्रेनको शख्तरसँग ३-३ गोलको बराबरी खेल्यो ।

समुह ‘डि’ को खेलमा इटालीको युभेन्टसले रुसको लोकोमोटिभ मस्कोलाई २-१ ले हराउँदा जर्मनीको बायर लिभरकुजेनले स्पेनको एथ्लेटिको मड्रिडलाई २-१ ले पाखा लगायो । युभेन्टसले ४ खेलबाट १२ अंक जोड्दा ७ अंकसहित एथ्लेटिको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal