आज :

टिपरको ठक्करबाट तरकारी बेच्न हिंडेका महतोको मृत्यु

सर्लाही । लालबन्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत लालबन्दी नगरपालिका-१७ कालिन्जोर पुल नजिकै पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको टिपरको ठक्करबाट ईश्वरपुर नगरपालिका-१४ का २६ वषिय दिपेन महतोको मृत्यु भएको प्रहरीले जनाएको हो ।

ना ८ ख ६२७० नं.को टिपरले महतोले चलाएको ना ४६ प २५८२ नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो । तरकारी बोकेर बिक्रीको लागि लालबन्दी बजार आउँदै गरेका महताको टिपरको ठक्करबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक महतोको शव परिक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीले ठक्कर दिने टिपर, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal