News Portal

  • श्रीमतीको हत्या गरी पासवान फरार

    १३२ पटक

    सिरहा । कर्जनाह नगरपालिका २ बन्दिपुर सलहेश टोलमा बुधबार बिहारी पासवानले बन्चरोले हानेर श्रमितीको हत्या गरेका छन् ।

    ४५ वर्षिय पासवान ४२ वर्षिय श्रीमती कुशेश्वरीको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । बिहान घरमा दाउरा चिरीरहेका उनले बन्दीपुर बजारबाट माछा बेचेर फर्किएकी श्रीमतीसँग भनाभन भएपछि बन्चरो प्रहार गरेको प्रहरीको भनाइ छ ।

    दुई छोरा र दुई छोरीसहित ४ सन्तानकी आमा कुशेश्वरीको हत्यापछि भागेका बिहारीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्