आज :

गेष्ट हाउसको छत भत्किँदा एकको मृत्यु, २ जना गम्भीर घाइते

बर्दिया । बुधबार आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षिय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षिय मनकराम थारु र सोही ठाउँका १४ वर्षिय नवराज चौधरी छन् ।

घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिकरुपमा भत्काएर पुन : निर्माणाधीन गर्दा छत भत्किँदा किचिएर मालिक भवीको मृत्यु हुनुको साथै २ जना कामदार गम्भीर घाइते भएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal