आज :

अपहरित बालकको फिरौती रकम लिएर भाग्दा प्रहरीको गोली

पर्सा । पोखरिया नगरपालिका ६ को सोनवारीका २० वर्षिय राजकुमार दासलाई प्रहरीले सार्वजनिक गरेको छ ।

१४ वर्षिय बालकलाई अपहरण गरी अपहरित बालकका बुवासँग फिरौती रकम लिएर भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरी उनलाई पक्राउ गरेको हो । गोली प्रहारबाट घाइते भएका उनको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भैरहेको छ ।

वीरगञ्ज उपमहानगरपालिका २५ सिर्सिया घर भइ काभ्रेको बनेपामा बस्दै आएका अमजद खानको छोरालाई दासले अपहरण गरेका थिए । उनका १४ वर्षिय छोरा बनेपाबाट वीरगञ्ज जाने क्रममा गएको कात्र्तिक १० गते अपहरणमा परेका थिए ।

अपहरणकारीले ती बालकले प्रयोग गर्ने मोबाइल प्रयोग गरेर बालक अपहरण भएको सूचना दिँदै फिरौतीका लागि १२ लाख रुपैयाँ माग गरेका थिए । फिरौती रकम नदिए बालकको हत्या गर्ने धम्की पनि दिएका थिए ।

बुधबार बिहान वीरगञ्ज महानगरपालिका २५ सिर्सियाको खलवा टोलमा फिरौती रकम लिन अपहरणकारी आएका र अपहरणकारीले पेस्तोल देखाइ पैसाको झोला लिएर भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको पर्सा प्रहरीको भनाइ छ ।

अपहरणकारीको दाहिने खुट्टाको घुँडामुनिको भागमा गोली लागेर घाइते भएको र अपहरित बालक अज्ञात ठाउँबाट सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ ।

प्रहरीले अपहरणकारीको साथबाट भारतीय नं.प्लेटको प्लाटिना मोटरसाइकल, कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने ४ वटा गोली र मोबाइल एक थान बरामद गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal