काठमाडौं । माइतीघर मण्डलमा मेडिकल कलेजका विद्यार्थीहरूले आन्दोलन गरेका छन् ।
नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । देशको निजी क्याम्पसहरुमा सरकारले तोकेको भन्दा बढी शुल्क तिर्नु परेको विरोधमा चितवन मेडिकल कलेज, नेश्नल मेडिकल कलेज, युनिभर्सल कलेज, मेडिकल कलेज लगाएतका विद्यार्थीहरु प्रदर्शन गरेका छन् ।
मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न र मेडिकल माफियालाई सरकारले कारबाहीको दायराभित्र ल्याउन पर्ने विद्यार्थीको माग छ । विद्यार्थीको आन्दोलनका कारण बुधबारदेखि शुरू हुन लागेको एमबीबीएस, बीडीएसको परीक्षा स्थगित भएको आइओएमको सूचनामा जनाइएको छ ।