आज :

नेकपाको अभियान टोलीलाई प्रहरीको घेराबन्दी, नेकपाले भन्यो- ११ घण्टापछि घेरा तोड्‍न सफल 

धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो अभियान टोलीलाई प्रहरीले घेरा हालेको बताएको छ । नेकपा दार्चुलाले निशस्त्र अबस्थामा रहेको अभियान टोलीलाई प्रहरीले अत्याधुनिक हतियारसहित घेरा हालेको बताएको हो ।

नेकपा दार्चुलाले जिल्लामा अभियान संचालन गरेको जनाएको छ । जिल्लाको लेकम गाउँपालिकामा पुगेको अभियान टोलीलाई गिरफ्तार गर्ने उद्देश्यका साथ घेरा हालेको नेकपा दार्चुलाले बताएको छ ।

नेकपा दार्चुलाका इन्चार्ज र सेक्रेटरीले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर प्रहरीको घेरा तोड्न अभियान सफल भएको बताएका छन् । शान्तिपूर्ण र निशस्त्र अभियान टोलीविरुद्ध ठूलो संख्यामा प्रहरी परिचालन गरेको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ । इन्चार्ज आकाश र सेक्रेटरी लक्षमणले जारी विज्ञप्तिमा अभियान टोलीलाई पाँच प्रहरी चौकीका जनपथ प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेको तर राति १० बजे अभियान टोलीले घेरा तोड्न सफल भएको बताइएको छ ।

जनाउँ जारी वि निशस्त्र अभियान टोलीमाथि जिल्ला प्रमुख अधिकारीको ठाडो निर्देशनमा ठूलो संख्यामा अध्याधुनिक हतियारसहितका प्रहरी र सशस्त्र प्रहरीले घेराबन्दी गरेको भन्दै आपत्ति जनाईएको छ । त्यस्तै सरकारले दमन नरोके त्यसको कडा प्रतिवाद गरीने विज्ञप्तिमा उल्लेख छ ।

“दार्चुलाको लेकम गाउँपालिकामा ओली–बादल गृहप्रशासनले हाम्रो अभियान टोलीमाथि दमनको असफल प्रयास गरेको छ । नेकपाले चलाएको देशव्यापी अभियानका क्रममा युवा, महिला, विद्यार्थी तथा मजदुरहरु सहभागी रहेको अभियान टोलीलाई ठूलो संख्यामा (करिब ५ चौकीका प्रहरी तथा अत्याधुनिक हतियार सहितका शसस्त्र प्रहरी) परिचालन गरेर चौतर्फि घेरा बन्दी गरेर दमन गर्न खोजेपनि अभियान टोलीले राती करिब १० बजे ओली–बादल गृहप्रशासनको घेराबन्दी तोड्न सफल भएको छ” विज्ञप्तिमा भनिएको छ । अभियानमा खटिएका युवा, मजदुर, महिला र विद्यार्थीमाथि दमन गरिएको भन्दै नेकपा दार्चुलाले घोर भत्सर्ना गर्दै दमन बन्द गर्न चेतावनी समेत दिएको छ । करिब ११ घण्टापछि अभियान टोली प्रहरीको घेरा तोड्न सफल भएको बताइएको छ ।

नेकपा दार्चुलाले दमन जारी रहे प्रतिरोध गर्न बाध्य हुने बताउँदै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal