आज :

नदीको दहमा डुबेर एक जना बेपत्ता, खोजीकार्य जारी

उदयपुर । सोमबार साँझ एक व्यक्ति त्रियुगा नदीको दहमा डुबेर बेपत्ता भएका छन् ।

खोटाङको सावाकटहरे ६ घर भई हाल चौनपा ९ अजगरा ससुराली घर बस्दै आएका ४० वर्षिय सुबास विक त्रियुगा नदीको दहमा डुबेर बेपत्ता भएका हुन् ।

बेल्टार बजारबाट घरतर्फ फर्कदै गर्दा बेलुका ७ बजे डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिएको छ ।
उनका अनुसार दह अन्दाजी २० फिट गहिरो रहेकोले सोमबार राति १ बजेसम्म सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले खोजि गरेपनि फेला परेको थिएन ।

सोमबार रातिसम्म फेला नपरेपछि मंगलबार बिहानैबाट पुन : सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण गाईघाटबाट ११ जनाको दैवी प्रकोप उद्धार तालिम प्राप्त टोली खोजि गरी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal