आज :

सांसद र उपमेयर चढेको कार दुर्घटना, कारमा सामान्य क्षति

उदयपुर । मदन भण्डारी स्मृति राजमार्गस्थित चौदण्डीगढी नगरपालिका-७ स्थित भुल्केमा सोमबार साँझ सांसद र उपमेयर सवार कार दुर्घटना भएको छ ।

स.१ झ ५३१ नं.को कार दुर्घटना हुँदा प्रदेश नं.१ का सांसद ४२ वर्षिय सञ्झा दनुवार र त्रियुगा नगरपालिकाका उपमेयर ५५ वर्षिय देवीकुमारी चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

लैंगिक हिंसा विरुद्धको वर्ष अभियान २०७६ र ७७ को लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी, भूमिका र प्रतिवद्धता विषय प्रदेश स्तरीय अन्तरक्रियात्मक कार्यक्रमबाट फर्किदै गर्दा दुर्घटना भएको हो ।

घाइते दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भइरहेको छ । चालक योगेश चौधरीका अनुसार चौदण्डीगढी नगरपालिका ७ भुल्केस्थित मोडमा साइकललाई बचाउन खोज्दा कार सडक भन्दा तल खसेको हो । उनका अनुसार कारमा सामान्य क्षति पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal